ad ad

समाज


चक्रवर्ती हबी कलेजले सहमति कार्यान्वयन नगरे कडा कदम चाल्ने चेतावनी

चक्रवर्ती हबी कलेजले सहमति कार्यान्वयन नगरे कडा कदम चाल्ने चेतावनी

नेविसंघका अध्यक्ष दुजाङ शेर्पा


नेपालखबर
माघ २९, २०७९ आइतबार ८:३२, काठमाडौँ

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बिजुलीबजारस्थित चक्रवर्ती हबी ल कलेजलाई विद्यार्थी संगठनसँग भएको दुईबुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेको छ।

कलेज प्रशासनसँग भएको दुईबुँदे सहमति कार्यान्वयन गरी विद्यार्थीको माग यथाशीघ्र सम्बोधन नगरे कलेजविरुद्ध कडा कदम चाल्ने चेतावनी नेविसंघले दिएको छ। 

चक्रवर्ती हबी ल कलेजले नयाँ शैक्षिक सत्रमा अनुचित रूपमा गरेको शुल्क वृद्धिविरुद्ध नेपाल विद्यार्थी संघले खबरदारी गरिरहेको र २०७९/०४/१० गतेबाट कलेज प्रशासनले अर्को सूचना नआएसम्म नियमित पठनपाठन बन्द गरेको विज्ञप्तिमा जनाइएको छ। 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नियमित अध्ययन गर्ने अधिकार सुनिश्चितताको लागि र बार लाइसेन्सको परीक्षालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघको नेतृत्वमा अन्य विद्यार्थी संगठनसँगको सहकार्यमा, कलेज प्रशासनसँग दुईबुँदे सहमति भएको थियो। तर सम्झौता कार्यान्वयन नगरी शुल्क बढेको मार खेपिरहेको अवस्थामा उल्टै अनुचित जरिवाना लगाएर विद्यार्थीको हक हितविपरीत कार्य गरेको र विद्यार्थीको हकहितमा आवाज उठाएका साथीहरूप्रति कलेज प्रशासनले गरेको दुर्व्यवहारप्रति नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको ध्यानाकर्षण भएको छ।’

कलेज प्रशासनसँग भएको दुईबुँदे सहमति कार्यान्वयन गर्न र विद्यार्थीको मागलाई यथाशीघ्र सम्बोधन गरी शैक्षिक वातावरण विद्यार्थी अनुकूल बनाउन नेविसंघले सम्बन्धित कलेजसँग अनुरोध गरेको छ।

‘माग सम्बोधन नभएको खण्डमा नेपाल विद्यार्थी संघ केन्द्रीय समिति चक्रवर्ती हवी कलेजविरुद्ध जस्तोसुकै कदम पनि उठाउन सक्ने तथा उक्त कदमबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं कलेज प्रशासन हुने कुरा समेत अवगत गराउन चाहान्छौँ’, विज्ञप्तिमा भनिएको छ। 

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .