हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकाले आगामी तीन दिन अर्थात् शुक्रबार रातिसम्म कतै हिमपात र वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यतिबेला प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही देशका बाँकी स्थानमा सामान्यतया सफा छ।
बुलेटिनअनुसार दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख गरिएको छ।
महाशाखाको बुलेटिनअनुसार बिहीबार दिउँसो (दिनमा) सुदूरपश्चिम साथै प्रदेश नम्बर १ र बागमती प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
बिहीबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत प्रदेश नम्बर १ को पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख गरिएको छ।
बुलेटिनअनुसार शुक्रबार दिउँसो (दिनमा) देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
शुक्रबार राति पनि देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा जनाइएको छ।
Shares
प्रतिक्रिया