ad ad

समाज


इराकस्थित अमेरिकी दूतावासमा सर्वसाधारणले आगजनी गरे

इराकस्थित अमेरिकी दूतावासमा सर्वसाधारणले आगजनी गरे

नेपालखबर
पुस १५, २०७६ मंगलबार १२:९,

बग्दादस्थित अमेरिकी दूतावास तोडफोड गर्दै सर्वसाधारणले दूतावासको पर्खालमा आगजनी गरेको बीबीसीले जनाएको छ।

अमेरिकी सेनाले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्याँस प्रहार गरेका थिए।

आइतबार अमेरिकाले इराक र सिरियामा रहेका सशस्त्र समूहलाई लक्षित गर्दै उनीहरुकै भूमिमा आक्रमण गरेको थियो।

आफ्नो देशका एक ठेकेदारको मृत्यु भएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित इरानसमर्थित लडाकु शिविरमा आक्रमण गरेको थियो।

आइतबारको अमेरिकी आक्रमणमा २५ हिज्बुल्लाह लडाकुको मृत्यु भएको थियो भने ५१ जना घाइते भएका थिए।

Protesters gather outside the US embassy in Baghdad (31 December 2019)

इराकले अमेरिकाले सार्वभौम मूलुकमा आक्रमण गरेर आतंकवादलाई प्रश्रय दिएको आरोप लगाएको थियो।

मंगलबार प्रदर्शनमा उत्रँने सयौं व्यक्तिहरु हिजबुल्लाहका समर्थक भएको बताइएको छ।

इरानी सुरक्षाकर्मीले प्रदर्शनकारीलाई अमेरिकी दूतावास अगाडि जान अनुमति दिएको जनाइएको छ।

उनीहरुले अमेरिकी दूतावासमा ढुंगा हानेका थिए। दूतावासको पर्खालमा आगजनी गरेका थिए।

दूतावासमा अमेरिकी राजदूत तथा अन्य अधिकारीहरु छन् या छैनन् भन्ने केही खुल्न सकेको छैन।

भिडियो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .