ad ad

समाज


एनआरएनए अस्ट्रेलियाद्वारा सात पत्रकारलाई ‘लेखनवृत्ति’

एनआरएनए अस्ट्रेलियाद्वारा सात पत्रकारलाई ‘लेखनवृत्ति’

नेपालखबर
पुस १६, २०७६ बुधबार ११:४२,

गैर आवासीय नेपाली संघ, अस्ट्रेलियाको तर्फबाट भिजिट नेपाल २०२० मा सहभागी हुन काठमाडौं आइपुगेको टोलीले नेपालको पर्यटन प्रबद्र्धनमा क्रियाशील सात जना पत्रकारलाई लेखनवृत्ति प्रदान गर्ने भएको छ।

लेखनवृत्ति प्रदान सम्बन्धी सहमतिमा बुधबार नेपाल पत्रकार महासंघ र गैर आवासीय नेपाली संघ अस्ट्रेलियाबीच हस्ताक्षर भएको छ। कार्यक्रलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगरले लेखनवृत्तिका लागि गैर आवासीय नेपाली संघ अस्ट्रेलियालाई धन्यबाद दिए। उनले पत्रकारलाई लेखनवृत्ति छनौट समितिले सिफारिस गरेको योग्य पत्रकारलाई प्रदान गरिने बताए।

‘अस्ट्रेलिया नेपाल गौरवमय यात्रा २०२०’ का संयोजक खेम शर्माले नेपाल सरकारले पर्यटन वर्ष मनाइरहँदा सरकारको उक्त अभियानलाई सफल पार्न पत्रकारका लागि लेखनवृत्तिको सहमति गरिएको बताए। प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले लेखनवृत्तिका लागि सहमति गर्ने संस्थालाई धन्याबाद व्यक्त गर्दै सबै पत्रकारले पत्रकार आचारसंहिता पूर्ण पालना गरेको खण्डमा पत्रकारमाथि हुने हिंसामा धेरै कमि आउने बताए।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न कलम चलाउने पत्रकारलाई लेखनवृत्ति प्रदान गरिने बताए।

गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले गैर आवासीय नेपाली संघले देश निमार्णमा विगत देखिनै योगदान गर्दै आएका भन्दै पत्रकारिता क्षेत्रमा पनि सहयोग गरेको बताए। उक्त सहमति अनुसार नेपालको पर्यटन सम्बन्धी उत्कृष्ट सामग्री तयार गर्ने सातै प्रदेशका सात जना पत्रकारलाइ जनही ५० हजारका दरले लेखनवृत्ति प्रदान गरिने छ।

अंग्रेजी नयाँ वर्षको दिन भएको उक्त सहमति अनुसार नेपाली नयाँ वर्ष आगामी बैशाख १ गते सातै प्रदेशमा कार्यक्रम आयोजना गरी उक्त रकम पुरस्कृत पत्रकारलाई हस्तान्तरण गरिने छ।

सहमति अनुसार नेपाल पत्रकार महासंघका अध्यक्ष संयोजक रहेको छनौट समितिमा अस्ट्रेलिया नेपाल गौरबमय यात्रा टिमका संयोजक, प्रेस काउन्सिल नेपालका सदस्य, अस्ट्रेलियन नेपलिज जर्नालिस्ट एसोसियसनका प्रतिनिधि र नेपाल पत्रकार महासंघका महासचिव रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .