नेपालको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (शुक्रबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
दिउँसोː कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रहनुका साथै देशका बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। यस क्रममा कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
Shares
प्रतिक्रिया