ad ad

समाज


आज मौसम कस्तो रहला? पानी पर्ला कि नपर्ला?

आज मौसम कस्तो रहला? पानी पर्ला कि नपर्ला?

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार ७:२३, काठमाडौँ

आज दिउँसो देशका पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देशका सबै पहाडी क्षेत्रमा मौसम उस्तै भएकाले पहाडी भेगका जुनसुकै एक दुई स्थानमा वर्षा हुने अनुमान गरिएको हो। 

‘देशभरका पहाडी क्षेत्रका एक/दुई स्थानमा वर्षा हुने सम्भावना छ’, उनले भने, ‘यो भनेको आजलाई वर्षाको सम्भावना खासै छैन।’

यसबाहेक आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) तथा  देशका बाँकी पहाडी क्षेत्रमा आंशिक बदली (आकाशमा थोरै बादल) रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। 

महाशाखाका अनुुसार राति गण्डकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षा हुने सम्भावना छ। यसबाहेक राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ। 

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस रहेको मौसमविद् अधिकारीले जानकारी दिए। तर यो अहिले बिहान ८:४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्टेसनका न्यूनतम तापक्रम विवरण पनि सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .