ad ad

समाज


पहाडी भेगमा वर्षाको सम्भावना

पहाडी भेगमा वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०७९ आइतबार ७:१८, काठमाडौँ

आज (आइतबार) देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षा हुने सम्भावना देखिएको हो। माैसमविद्‌का अनुसार यो एक दुई ठाउँ पहाडी क्षेत्रका जुनसुकै स्थान हुनसक्छ। 

यसबाहेक आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार आज राति भने कतै वर्षाको सम्भावना देखिएको छैन। राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। 

यतिबेला (आइतबार बिहान) देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .