उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयमा चैत्र ३ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित गर्न आदेश दिएको छ।
मंगलबार विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेनेजमेन्ट (मुसोम) मा अध्ययनरत विद्यार्थीहरुले मतदानबाट वञ्चित गराइएको भन्दै रिट दायर गरेका थिए।
रिटमाथि सुनुवाइ गर्दै उच्चले अर्को आदेश नआउन्जेल निर्वाचन स्थगित गर्न भनेको हो। उच्चले चैत्र ८ गते दुवै पक्षलाई अदालतमा हाजिर हुनसमेत भनेको छ।
मुसोममा अध्ययनरत ३ जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालयका पाँचवटा कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए।
30
Shares
प्रतिक्रिया