पत्रकार लक्ष्मण दर्नालद्वारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ सार्वजनिक भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५८ औँ अन्तर्राष्ट्रिय रङ्ग तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा सो पुस्तकको विमोचन गरे।
पुस्तकमा दलित समुदायबाट हालसम्म भएका मन्त्री, सांसद, राजदूत, प्रदेश प्रमुख, प्रदेश मन्त्री तथा सांसदहरूको तथ्यांक (नामावली) समावेश गरिएको छ।
जिल्ला समन्वय समितिमा दलित र प्रज्ञा प्रतिष्ठानहरुमा दलितको सहभागिताको तथ्यांक समेटिएको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित दलित समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको नामावली समावेश छ। पुस्तकमा दलित आन्दोलनको सफलतालाई तथ्यांकको रुपमा दस्तावेजीकरण गरिएको छ।
पुस्तकमा २००७ सालको परिवर्तनपछि हालसम्मका दलित मन्त्रीहरुको संख्या जम्मा ३४ (सहायक र राज्यमन्त्रीसहित) रहेको उल्लेख छ। प्रदेश सरकारमा हालसम्म जम्मा १० जना दलित समुदायका व्यक्तिहरु मन्त्री भएका छन्।
राष्ट्रिय सभा र प्रतिनिधि सभाका दलित सांसदको हालसम्मको संख्या १६७ रहेको छ। प्रदेश सांसदहरुको संख्या १०९ छ। प्रदेश प्रमुखमा एकजना छन् भने भने राजदूतहरु ३ जना छन्।
पुस्तकको तथ्यांक अनुसार स्थानीय तह निर्वाचन २०७९ मा प्रमुख ३ र उपप्रमुख ९ जना निर्वाचित भएका छन्। गाउँपालिका अध्यक्षमा ६ जना र उपाध्यक्षमा ७ जना निर्वाचित भएका छन्।
छ हजार ६२० जना दलित महिला वडा सदस्यमा निर्वाचित भएका छन् भने दलित महिला वडा सदस्यमा उम्मेदवार नपरेका वडाको संख्या १२३ रहेका छन्।
Shares
प्रतिक्रिया