ad ad

समाज


वृद्ध महिलालाई एकान्तमा लगेर गहना लुटपाट, तीन जना पक्राउ

वृद्ध महिलालाई एकान्तमा लगेर गहना लुटपाट, तीन जना पक्राउ

नेपालखबर
चैत ८, २०७९ बुधबार १५:३८, काठमाडौँ

काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध स्तुपामा पुजा आजा गर्न आएका एकल वृद्द महिलाहरुलाई एकान्तमा लगेर गहना लुटपाट गर्ने र सो गहना किन्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ।

अन्दाजी ४० वर्षकी अपरिचित महिलाद्वारा ललाइ फकाइ एकान्त स्थानमा लगि सुनका गर गहना लुटपाट गर्ने गरेको भन्ने पीडितहरुको निवेदन तथा सीसीटीभी फुटेजको आधारमा उनीहरु फेला परेका प्रहरीले जनाएको छ।

यही चैत ६ गते बेलुका ५ बजेको समयमा ८४ वर्षीया बसुन लामालाई फकाइ लिएर हिँड्दै गरेको अवस्थामा दोलखा मेलुङ गाउँपालिका–५ घर भइ हाल गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने वर्ष ४१ कि मन्जु मगरलाई प्रहरी वृत्त बौद्दबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको थियो।

सोध पुछका क्रममा मगरले विभिन्न घटनाहरु स्वीकार गर्नुका साथै लुटपाट गरेका गर गहना गोकर्णेश्वर–६ नारायणटारस्थित इके भगवती ज्वेलर्स र कबिता ज्वेलर्समा बिक्री गरेको छु भन्ने साबिती बयान दिएकी थिइन्।

उल्लेखित ज्वलेर्समा सोधपुछ गर्दा ती महिलाबाट खरिद गरेका एक थान तिलहरी, कानको रिङ्ग, बैंकमा बन्दकी राखेको समेत स्वीकार गर्नुका साथै उक्त गहनाहरु गाली पगाली ढिक्का बनाएको अवस्थामा अन्दाजी ७ तोल ५० लाल १ पैन्ट  सुन फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीले गहना खरिद गर्ने गोकर्णेश्वर नगरपालिका–६ नारायणटार घर भइ इके भगवती ज्वेलर्स सन्चालन गरि बस्ने वर्ष ३१ को भाइ राम कृष्ण सुनार र दाइ वर्ष ४० को नमराज विश्वकर्मालाई नियन्त्रणमा लिइ अनुसन्धान कार्य अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .