रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष केशवनन्द बनियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनियाले ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
गएको २०७४ असार १४ गतेको स्थानीय निर्वाचनबाट निर्वावित भइ गाउँपालिकाको अध्यक्ष पदमा २०७४/३/२१ देखि २०७९/१/९ सम्म पदमा रहेका थिए।
सार्वजनिक पद धारण गरेको सो अवधिमा स्वआर्जित तथा सिर्जित सम्पत्ति एवं लगानी तथा खर्चहरुबारे अनुसन्धान गर्दा ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा बराबर रकमको स्रोत नखुलेको अख्तियारले जनाएको छ।
आयोगका छोरा पंकज कान्दुसमेतलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई उनको नाममा हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो जफत र जरिवाना असुल गरी पाउन मागदाबी लिई आरोपपत्र दायर गरेको हो।
Shares
प्रतिक्रिया