ad ad

समाज


भक्तपुरमा स्कुटरको ठक्करबाट कन्टेनरका सहचालकको मृत्यु

भक्तपुरमा स्कुटरको ठक्करबाट कन्टेनरका सहचालकको मृत्यु

नेपालखबर
पुस १९, २०७६ शनिबार १०:५४,

अरनिको राजमार्गअन्तर्गत भक्तपुर नगरपालिका–१ सिर्जनानगरमा स्कुटरले ठक्करबाट एक जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको एनएल ०१ एडी ५९१८ नंको कन्टेनरका सहचालक स्कुटरको ठक्करबाट मृत्यु भएको हो।

कन्टेनर गाडी पछाडि सार्ने क्रममा ठाउँ माग्दै गरेका सहचालक फरकुवावाद भारतका २५ वर्षीय नरेन्द्र पाललाई काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेकोे बा९२प ३४०९ नंको स्कुटरले ठक्कर दिएको थियो।

स्कुटरको ठक्करबाट गम्भीर घाइते पालको डा इवामुरा मेमोरियल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

ठक्कर दिने स्कुटर चालक जिल्ला सूर्यविनायक नगरपालिका–९ नलिनचोक बस्ने ३८ वर्षीय वसन्त देउजालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .