ad ad

समाज


भीषण आगलागी जारी रहँदा पानी परेपछि अस्ट्रेलियामा छायो खुशी

भीषण आगलागी जारी रहँदा पानी परेपछि अस्ट्रेलियामा छायो खुशी

नेपालखबर
पुस २१, २०७६ सोमबार ७:३६,

हालसम्म उक्त आगलागीमा २५ जनाको मृत्यु भएको छ भने २५ सय घर जलेर नष्ट भएका छन्।

अस्ट्रेलियाका विभिन्न राज्यमा आगलागी जारी रहँदा आइतबार न्यु साउथ वेल्सको सिड्नी र मेलबर्नमा पानी परेको छ।

पानी परेपछि आगलागीको चपेटामा परेको मानिसहरु खुशी भएका छन्। यसले केही राहत मिलेको महशुस भएको छ।

त्यहाँका नागरिकहरुले सामाजिक सन्जालमा भिडियो तथा फोटो पोस्ट गर्दै खुशी व्यक्त गरेका छन्। पाँच महिनामा पहिलोपटक पानी परेको जनाइएको छ।

यद्यपी उक्त झरीले अस्ट्रेलियाको आगलागी टार्न नसक्ने बताइएको छ।

आगलागी अस्ट्रेलियाको प्राय सबै राज्यमा जारी छ। पानी सिमित क्षेत्रमा परेकाले यसले आगलागीलाई असर नगरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

युनिभर्सिटी अफ सिड्नीको अनुसन्धानअनुसार आगलागीले जनावर, चरा चुरुंगी, मुसा लगायतसहित ५० करोड जीवको मृत्यु भइसकेको छ। केही जनावर लोप हुने खतरा बढेको छ।

आगलागीले त्यहाँ निकै गर्मी भएको छ। तापक्रम ४५ डिग्रीभन्दा बढी भएको छ भने आकाश रातो देखिएको छ।

अन्तर्राष्ट्रिय स्तरबाट अस्ट्रेलियाको आगो निभाउने पहल स्वरुप सहयोग रकम संकलन गर्ने कार्य पनि भइरहेको छ।

आगलागीलाई नियन्त्रणमा लिन सयौं अग्नी नियन्त्रकसहित अस्ट्रेलियाका सेना पनि खटेका छन्। एजेन्सी

Image result for aerial shot of aus fire

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .