सन्ना मरिनले चार दिन काम र तीन दिन आरामको योजना ल्याएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
कामको दिनमा पनि ६ घन्टामात्र काम गर्नुपर्ने सन्ना मरिनले योजना ल्याएकी छिन्।
आफ्ना नागरिकले परिवारसँग पर्याप्त समय बिताऊन् भन्ने उद्देश्यले यो प्रस्ताव ल्याएको उनले बताएकी छन्।
आफ्नो दल सोसल डेमोक्र्याटिक पार्टीको १२० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मरिनले नयाँ व्यवस्था ल्याउन लागेको जानकारी दिएकी हुन्।
छिमेकी देश स्वीडेनले ६ घन्टाको काम परीक्षण गर्दा त्यहाँका कर्मचारी खुशी भएको र कामको प्रभावकारीता बढेपछि फिनल्यान्डमा पनि त्यही नीति अवलम्ब गर्न लागेको उनको भनाइ छ।
गत डिसेम्बरमा सोसल डेमोक्र्याटिक पार्टीले ३४ वर्षीया मरिनलाई फिनल्याण्डको प्रधानमन्त्री बनाएको थियो।
मरिनको नेतृत्वमा बनेको गठबन्धनको सरकारमा सबै दलका महिला प्रतिनिधि छन् जसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरका रहेका छन्। एजेन्सी
प्रतिक्रिया