ad ad

समाज


तुवाँलोले ढाक्यो काठमाडौँ उपत्यकासहित पहाडी भेग, सतर्कता अपनाउन सुझाव

तुवाँलोले ढाक्यो काठमाडौँ उपत्यकासहित पहाडी भेग, सतर्कता अपनाउन सुझाव

फाइल तस्बिर : काठमाडौँ उपत्यका


नेपालखबर
चैत २९, २०७९ बुधबार ८:२२, काठमाडौँ

अहिले देशका पहाडी भेग तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तुवाँलो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँ उपत्यकामा पनि तुवाँलो लागिरहेको छ। ‘अहिले यहाँको भिजिबिलिटी (पारदर्शिता) पनि कम छ, अहिले भिजिबिलिटी २ हजार मिटर मात्र छ’, उनले भनिन्।  

आगामी २/३ दिनसम्म वर्षाको खासै सम्भावना नभएकाले तुवाँलो हट्ने सम्भावना छैन। ‘वर्षा भए तुवाँलो हट्थ्यो, तर आगामी २/३ दिन वर्षाको सम्भावना देखिँदैन।’

बरु केही ठाउँमा हावा चल्ने सम्भावना भएकाले त्यसले डढेलो फैलिने र त्यसले झन् तुवाँलो बढाउने मौसमविद् मानन्धरले बताइन्। 

तुवाँलोले स्वास्थ्यमा असर पर्ने भएकाले स्वास्थ्यकर्मीसँग सल्लाह लिएर सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ। 

आजको मौसम
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .