ad ad

समाज


सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता

सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १८:६, काठमाडौँ

सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता रहेको सरोकारवालाहरूले औँल्याएका छन्।  बुधबार स्वास्थ्य पत्रकार मञ्च नेपालले चितवनमा ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयन’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो।

सूर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा बर्षेनी २७ हजार जनाको मुत्यु हुने गरेकाले यसको नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्ने सरकारवालाहरूले जोड दिएका छन्।

अभिमुखीकरण कार्यक्रममा वक्ताहरुले सूर्तीजन्य पदार्थ नियन्त्रण गर्ने ऐन बनेपनि कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईँले सूर्तीजन्य पदार्थको कारणले नेपालमा प्रत्येक वर्ष २७ हजार १०० मानिसको मृत्यु भइरहेको बताए। 

सूर्तीजन्यपदार्थ नियमन गर्ने ऐन बनेपनि कार्यान्वयन गर्न जटिल हुने गरेको चापागाईँको भनाइ छ। 

सन् २०२० मा भएको अध्ययनअनुसार विश्वमा २२.३ प्रतिशत मानिसले सूर्तीजन्य पदार्थको सेवन गरेको तथ्य रहेको  उनले बताए। त्यसमध्ये ३६.७ प्रतिशत पुरुष र ७.८ प्रतिशत महिला छन्। 

सूर्तीजन्य पदार्थको सेवनका कारण मुटु रोग, श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम बढी हुने उनले बताए। 

कार्यक्रममा  नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सके नसर्ने रोगको जोखिमबाट बच्न सकिने बताए। 

चुरोटको धुँवामा ४ हजार प्रकारका केमिकल हुने भन्दै उनले ५० वटाले क्यान्सर बनाउने जानकारी दिए।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सूर्तीजन्य पदार्थको नियन्त्रणको प्रयास गरिएको भए पनि निरन्तरता दिन नसकिएको बताइन। 

सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न भरतपुर महानगरपालिका सधैँ लागि पर्ने प्रतिबद्धता उनले गरिन। 

विगतको तुलनामा अहिले सुर्तीजन्य पदार्थको प्रयोग सार्वजनिक स्थलमा काम हुँदै गए पनि होटलहरुमा भने बढ्दै गएको उनले बताए। 

स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वाथ्य पत्रकार मञ्चले सूर्तीजन्य पदार्थको नियन्त्रण गर्न बनेको ऐन कार्यान्वयन गराउन सबै निकायलाई सचेत गराउने प्रतिवद्धता गरे।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सूर्तीजन्य पदार्थको कर र मूल्य बढाउन सके पनि केही हदसम्म नियन्त्रण गर्न सकिने कुरामा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .