उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन्।
आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा सहभागी हुन लुधियानबाट आएका उनीहरूको सवारी साधन इकाउना प्रहरी चौकीको क्षेत्रमा पर्ने रुखमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। ६ जनाको घटनास्थलमा नै मृत्यु भएको बताउँदै श्रावस्तीका प्रमहरी उपरीक्षक प्राची सिंहले गम्भीर घाइते भएका आठ जनालाई बहराइच अस्पताल पठाएको जानकारी दिएकी छन्।
साथै, उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
93
Shares
प्रतिक्रिया