ad ad

समाज


काठमाडौँमा हटेन तुवाँलो, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँमा हटेन तुवाँलो, तराईमा हावाहुरीको सम्भावना

फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८० मंगलबार ८:३, काठमाडौँ

स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावले यतिबेला (मंगलबार बिहान)  देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम समान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आजा दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। आजलाई काठमाडौँ उपत्यकामा भने वर्षाको सम्भावना नदेखिएको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। 

आज दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। 

यसैबीच आज दिउँसो तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। ‘खासगरी लुम्बिनी र मधेश प्रदेशका तराई क्षेत्रमा हावाहुरी लाग्ने सम्भावना बढी छ’, मौसमविद् नगरकोटीले भनिन्। 

मौसम महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी  स्थानमा मौसम सामान्यतया सफा रहने छ। वर्षाको सम्भावना भने कतै छैन। 

हटेन तुवाँलो
आज पनि काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा तुवाँलो लागिरहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्।

तुवाँलोका कारण वायु प्रदूषण हुने भएकाले घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउन विज्ञले सुझाव दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .