ad ad

समाज


वायुसेवा निगमलाई डुबाउने ‘खुम्ले किरा’ त मन्त्री नै रहेछन् : किराती

वायुसेवा निगमलाई डुबाउने ‘खुम्ले किरा’ त मन्त्री नै रहेछन् : किराती

फाइल तस्बिर


नेपालखबर
बैशाख १४, २०८० बिहिबार १७:१८, काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम डुबाउने ‘खुम्ले किरा’ मन्त्रीहरु नै रहेको बताएका छन्। 

हरेक पटक नयाँ मन्त्री आउँदा निगमको कार्यकारीदेखि विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने गरेको उनले दाबी गरे। 

निगमको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै किरातीले आफू मन्त्री भएको सय दिनमा यस्तो कुरा थाहा भएको बताए

‘वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन मन्त्रीहरुको ठूलो हात रहेछ। यति भन्दैमा निगमका कर्मचारी चोखो छन् भन्ने होइन’, उनले भने, ‘नागरिक उडड्यनको तालुकदार मन्त्रीले लाख होइन, करोडमा पैसा उठाएपछि कर्मचारीले व्यवसायिक होइन, पैसा असुल्ने नै कार्ययोजना बनाउँछन्।’ 

मन्त्री किरातीले आफूलाई काममा मात्रै सरोकार रहेको पनि बताए। 

‘मलाई पैसा मन पर्दैन, मेरो सरोकार कामसँग छ। म व्यवहारमा नरम र नीतिमा कठोर मान्छे हो। अरु मन्त्रीलाई जस्तो मलाई पैसा होइन,  एउटा चक्लेट पनि चाहिँदैन’, उनले भने, ‘मलाई मृत्यु थाहा छ, म मरेपछि पशुपतिमा अलिकति धुवाँ बन्छु, त्यो भन्दा ठूलो अरु केही हुँदैन। त्यसैले मरेपछि पनि अजम्बरी हुन चाहन्छु त्यसैले मसँग लोभ छैन।’

उनले अब निगमलाई भेन्टिलेटरमा पुगेको अवस्थाबाट सर्जरी गरेर स्वस्थ बनाएर डिस्चार्ज गर्ने पनि बताए। 

‘निगमलाई सुधार्न जस्तोसुकै जोखिम मोल्न तयार छु। कुनै पनि दबाब र प्रभावले फरक पार्दैन’, उनले भने, ‘मन्त्री हुन म जन्मिएको होइन। पद जोखिममा राखेर भए पनि निगमलाई सुधारेर छाड्छु।’

उनले निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई निर्देशन काम गरेर देखाउन आग्रह गरे। ‘तपाईंलाई यो काम गर्ने अवसर हो, म अब तपाईंलाई कारबाही गर्छु। तपाईंले क–कसलाई कारबाही गर्ने हो गर्नुस। यदि काम गर्न सक्नु भएन भने सल्लाहमै छाडेर जानुस्।’

मन्त्री किरातीले निगमको बोर्ड सदस्यहरु सुविधाका लागि होडबाजी गर्ने सुनेको भन्दै आलोचना गरे। ‘निगमलाई सुधार्छु भन्दै राजनीतिक नियुक्ति खाएर सुविधाका लागि मरिमेट्ने हो भने उमेर हुनेले जागिर खाँदा भयो’, उनले भने, ‘होइन भने पैसा कमाउन व्यापार गरे हुन्छ। सुविधाका लागि झगडा गर्ने बोर्ड सदस्यहरुलाई अब बाँकी राख्दिनँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .