ad ad

समाज


थप एक जना कोरोना संक्रमितको मृत्यु

थप एक जना कोरोना संक्रमितको मृत्यु

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १७:२२, काठमाडौँ

थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो।

आजमात्रै कोरोनाबाट एक सय ११ नयाँ संक्रमित थपिएका हुन्। जम्मा दुई हजार पाँच सय १७ नमूना परीक्षणबाट एक सय ११ जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ७८, संस्थागत आइसोलेसनमा १८ र सघन उपचार कक्षमा छ बिरामी रहेका छन्। यस्तै भेन्टिलेटरमा एक बिरामी छन्।

परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोपसेवा शाखाका प्रमुख डा अभियान गौतमका अनुसार देशभर कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्यासमेत बढ्न थालेको छ।

उनले खोप लगाउन छुटेका व्यक्तिलाई केन्द्रमा राखेर खोप अभियान सञ्चालन भइरहेको जनाउँदै नजिकैको स्वास्थ्य केन्द्रबाट छुटेका सबैलाई पहिलो, दोस्रो र बुस्टर खोप लगाउन आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .