ad ad

समाज


आठ घण्टापछि बग्न थाल्यो पहिरोले थुनिएको अरुण नदी

आठ घण्टापछि बग्न थाल्यो पहिरोले थुनिएको अरुण नदी

नेपालखबर
बैशाख १७, २०८० आइतबार १९:९, काठमाडौँ

सङ्खुवासभामा मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ। 

आज बिहान करिब ८ बजे अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटमा पहिरो खसेर अरुण नदी थुनिएको थियो। पहिराले थुनिएको अरुण नदी विस्तारै ड्याम माथिबाट बग्न थालेको हो।

अरुण नदी थुनिएको आठ घण्टापछि  ड्याम भरिए बग्न थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। 

उपरीक्षक गोदारका अनुसार दिउँसो ३ बजेदेखि नदी आफ्नै धारमा फर्किएको हो। अरुण थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो। 

बाँधमा पानी जमेपछि करिब २ किलोमिटर परसम्म ताल बनेको छ। 

टनेलको पानी निस्काशन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको थियो। अरुण नदीलाई बहाब परिवर्तन गरी चार सय २९ मिटर लामो डाइर्भसन टनेलमार्फत अरुण नदी मोडिएको थियो।

आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निर्माण गरी डाभर्सन टनेलमार्फत नदी बग्दै आएको थियो। 

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले अरुण नदी छेउछाउका वस्तीका बासिन्दालाई सजग हुन आग्रह गरेको छ। अरुण थुनिएपछि अरुण तेस्रोमा ड्याम साइडको काम पनि ठप्प भएको छ।

अहिले आयोजनाको ड्यामसाइडको अस्थायी बाँधमा पानी भरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .