ad ad

समाज


आत्महत्या दुरुत्साहनमा २ जना पक्राउ

आत्महत्या दुरुत्साहनमा २ जना पक्राउ

नेपालखबर
बैशाख १९, २०८० मंगलबार २०:५५, काठमाडौँ

आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर–४ का गति पोखरेल र सविना पोखरेललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। 

गत वैशाख १४ गते विराटनगर–३ का गोविन्द प्रसाद नेपालले पेट्रोलियम पदार्थ शरीरमा खन्याई आत्महत्या प्रयास गरेका थिए।

उनको उपचारका क्रममा विराटनगरस्थित रेडप्लस अस्पतालमा निधन भएको थियो। नेपालको मृत्यु भएपछि वैशाख १६ गते ज्यान सम्बन्धी मुद्दामा जाहेरी परेको थियो। 

प्रहरीका अनुसार मोरङ जिल्ला अदालतबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .