ad ad

समाज


टोपबहादुर रायमाझी अहिलेसम्म पक्राउ परिसकेका छैनन् : एसएसपी कार्की

टोपबहादुर रायमाझी अहिलेसम्म पक्राउ परिसकेका छैनन् : एसएसपी कार्की

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १५:४६, काठमाडौँ

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अहिलेसम्म पक्राउ परिनसकेको बताएका छन्।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमडौंबाट पक्राउ पुर्जी जारी भइसकेपछि रायमाझीलाई पक्राउ गरिसकेको समाचार आएको थियो।

बिहीबार दिउँसो सिंहरदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रायमाझीलाई प्रहरीले बाटैबाट पक्राउ गरेको भन्दै आपत्ति जनाएका थिए। 

उनले एमाले सचिव रायमाझीलाई बाटैबाट पक्राउ गरिएको कुरा रहस्यमय भएको पनि बताएका थिए। तर प्रहरीले भने रायमाझी पक्राउ परिनसकेको दाबी गरेको छ। 

‘४ वर्षअघि चेक जसले काट्यो उसैसँग रह्यो चेक जस्ता कुराहरु छन्। एउटा सांसद र उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु, रहस्यपूर्ण छ’, ओलीले भनेका थिए,  ‘उहाँ भागेर जाने कतै होइन। यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु।’

तर एसएसपी कार्कीले अहिलेसम्म टोपबहादुरबारे कुनै जानकारी नआएको बताएका छन्। ‘टोपबहादुरबारे अहिलेसम्म कुनै जानकारी छैन। उहाँलाई पक्राउ गरिएको छैन’, उनले भने, ‘टोपबहादुरको विषयमा प्रहरीलाई जानकारी छैन। उहाँले आफैं आउँछु भनेर जानकारी दिनु भएको छैन। कतै भनेको भए मलाई थाहा भएन। तर अहिलेसम्म पुलिसले पक्राउ गरिसकेको  छैन।’

रायमाझी बुधबार कानुनलाई सहयोग गर्ने भन्दै अर्घाखाँचीबाट काठमाडौंका लागि हिँडेका थिए। तर उनी बुटवल आसपास आएपछि मोबाइल फोन स्विच अफ गरेर सम्पर्कविहीन छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .