ad ad

समाज


वृद्ध महिलालाई ठक्कर दिई फरार स्कुटर चालक २१ दिनपछि पक्राउ

वृद्ध महिलालाई ठक्कर दिई फरार स्कुटर चालक २१ दिनपछि पक्राउ

नेपालखबर
बैशाख २५, २०८० सोमबार १८:४६, काठमाडौँ

ललितपुरको महालक्ष्मीस्थानमा वृद्ध महिलालाई स्कुटरले ठक्कर दिएर फरार व्यक्ति पक्राउ परेका छन्।           

यही वैशाख ३ गते राति अन्दाजी ८ बजे ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थान शिवशक्ति पेट्रोलपम्प अगाडिको चापागाउँदोबाटोबाट महालक्ष्मीस्थान तर्फको सर्भिसलेन सडक खण्डमा सो दुर्घटना भएको थियो।

चापागाउँदोबाटोबाट महालक्ष्मीस्थानतर्फ जाँदै गरेको एकिन नं नखुलेको स्कुटरले बाटो काट्दै गरेकी पैदल यात्री वर्ष ८१ की मिश्रीमाया दर्शनधारीलाई ठक्कर दिई फरार रहेको थियो।

स्कुटर तथा नाम थर नखुलेको चालकलाई दुर्घटनास्थल र विभिन्न स्थानहरुमा जडान भएको सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा खोजतलास गर्ने क्रममा आइतबार स्कुटर फेला परेको हो।

प्रदेश ३–०२–०१४प२४८७ नं. को स्कुटर र स्कुटर चालक विवेक केसीलाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .