ad ad

समाज


शिक्षकले परीक्षा हलबाट निकालिदिएपछि विद्यार्थीले गरिन् आत्महत्या

शिक्षकले परीक्षा हलबाट निकालिदिएपछि विद्यार्थीले गरिन् आत्महत्या

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १५:३, काठमाडौँ

शिक्षकले जबरजस्ती परीक्षा हलबाट निकालिदिएपछि चितवनमा एकजना छात्राले आत्महत्या गरेकी छन्। 

बुधबार चितवन मेडिकल कजेलमा बीडीएस चौथो वर्ष पहिलो सत्रकी विद्यार्थी सिम्रन थापाले आफ्नो कोठामै आत्महत्या गरेकी हुन्। 

अनेरास्ववियु नेशनल मेडिकल स्टुडेन्ट एसोसियशनको राष्ट्रिय कमिटी अध्यक्ष पुष्पराज भामका अनुसार शिक्षकहरुले अपमानपूर्वक सिम्रनलाई परीक्षा हलबाट निकालिदिएका थिए। 

त्यही तनावका कारण उनले कोठामा पुगेर आत्महत्या गरेको उनले बताएका छन्। 

‘बुधबार यस चितवन मेडिकल कलेजमा बीडीए चौथो वर्ष पहिलो सत्रकी विद्यार्थी सिम्रन थापाले आन्तरिक परीक्षा दिइरहेको बेला परीक्षा हलबाट शिक्षकले जबरजस्ती मानसिक तनाव दिई निकालेका थिए। त्यसपछि उनले आफ्नै कोठामा आत्महत्या गरेकी छन्’, उनले भनेका छन्, ‘यस घटनामा छानबिन गरी  दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दछौँ।’

उनले दोषीलाई कारवाही र पीडितले न्याय नपाएसम्म चितवन मेडिकल कलेजको सम्पूर्ण ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको पनि बताएका छन्। 

भामका अनुसार उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित छन्। 

मेडिकल कलेजहरूमा विभिन्न बहानामा दिइने मानसिक तनावलाई हटाउनप पनि संगठनले माग गरेको छ। 

भामले विद्यार्थीहरूलाई हेप्ने, तुच्छ शब्दमा गाली गर्ने जस्ता मानसिक यातना रोक्न माग गरेका छन्। 

‘शिक्षण संस्था विशेष गरि मेडिकल कलेजमा विभिन्न बहानामा विद्यार्थीलाई दिइने मानसिक तनाव बन्द हुनु पर्छ। यस्ता कुरा खुलाइए वा बाहिर कसैलाई भने फेल गरिदिने धम्की जस्ता निन्दनीय कार्यहरु बन्द गरिनु पर्छ’, उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .