ad ad

समाज


धवलागिरि हिमपातमा परी बेपत्ता तामाङको शव काठमाडौं ल्याइयो

धवलागिरि हिमपातमा परी बेपत्ता तामाङको शव काठमाडौं ल्याइयो

नेपालखबर
बैशाख ३०, २०८० शनिबार १८:४६, काठमाडौँ

धवलागिरि हिमाल क्षेत्रमा गत असोज २० भएको भारी हिमपातमा परी वेपत्ता भएका हिमाल आरोहण पथप्रदर्शक रामबहादुर तामाङको शव आधार शिविरबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ।

धवलागिरि हिमाल आरोहणका लागि कोरियाली नागरिकको टोली लिएर जाने क्रममा त्यस क्षेत्रमा भएको हिमपातका कारण उनी बेपत्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

त्यस बेलादेखि नै उद्धारका लागि विभिन्न प्रयास गरिँदै आएकामा प्रतिकूल मौसमका कारण कठिनाइ भएको थियो। पछिल्लोपटक सेनाको सहयोगमा शेर्पा आरोही सम्मिलित टोलीले यही वैशाख २८ र २९ गते खोज्ने क्रममा करिब पाँच हजार मिटरको उचाइमा शव फेला परी आधार शिविर ल्याएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .