ad ad

समाज


महमा मिसावट गर्ने गिरोह पक्राउ

महमा मिसावट गर्ने गिरोह पक्राउ

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १७:१८, काठमाडौँ

बुटवलमा महमा अखाद्य पदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो।

सो गिरोहले घर भाडामा लिएर अखाद्यपदार्थ मिसावट गरी मह उत्पादन गरी बिक्री गर्दै आएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले जानकारी दिए। पक्राउ पर्नेमा भारत, विहारको विरपुरका ५२ वर्षीय मनिस धामी, ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षीय रवीन धामी, ४८ वर्षीय अरुण धामी र २८ वर्षीय वुदुवा धामी रहेका छन्।

प्रहरीले गस्तीका क्रममा मह उत्पादन गर्दै गरेको उद्योगमा सो गिरोहलाई फेला पारेको हो। उद्योगमा खानतलासी गर्दा चार क्विन्टलभन्दा बढी अखाद्यपदार्थ मिसावट गरेको मह फेला परेको प्रहरीले जनाएको छ।

खानतलासी गर्ने क्रममा बुटवल–११ सिर्जनानगरबाट विभिन्न व्यक्तिको घरबाट अखाद्यपदार्थ मिसावट गरेको मह बरामद गरिएको वडा प्रहरी कार्यालय रामनगरले जनाएको छ। बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .