फरार पूर्वमन्त्री एवम् सांसद टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ परेका छन्। ११ दिनअघि अर्घाखाँचीबाट बुटवल फर्किने क्रममा रायमाझी फरार भएका थिए।
वैशाख २० गते पक्राउ पुर्जी जारी भएको सूचना बाहिरिएकै साँझ रायमाझी भागेका थिए।
बुटवलबाट फरार भएका उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले बुढानिलकण्ठस्थित एक घरबाट पक्राउ गरेको हो।
रायमाझीलाई प्रहरीले शनिबारदेखि नै ट्र्याक गरेको थियो। प्रहरी उच्च स्रोतले भन्यो, ‘हामीले हिजैदेखि ट्रयाक गरेका थियौं। उहाँ पटक पटक बाटो परिवर्तन गर्दै मध्यराति काठमाडौं छिर्नु भएको थियो। आज दिनभर लगाएर पत्ता लगायौं।’
टोपबहादुरलाई पक्राउ गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरले विशेष टोली परिचालन गरेका थिए। आईजीपी कुँवरलाई नै फोन गरेर आफैं उपस्थित हुने बताएका रायमाझी पक्राउ नपर्दा उनीमाथी दबाब बढेको थियो।
आफैं उपस्थित हुने बताएका रायमाझी भागेपछि एमालेले पार्टीबाट निलम्बन गरिसकेको छ। रायमाझीले केहीदिन अघि मात्रै संसदमा बिरामी भएको पत्र पठाएका थिए।
प्रहरीले उनको पत्र संसदमा लैजाने व्यक्तिको समेत खोजि गरेको थियो। संसदबाट सीसीटिभी फुटेज लगेर समेत अनुसन्धान गरेको थियो।
थप समाचार:
- पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाकार राई पक्राउ
- आफूले गृहको ‘हर्ताकर्ता’ बनाएको सल्लाहकार असुली धन्दामा समातिएपछि अप्ठेरोमा बादल
- पक्राउ गर्न पुगेका प्रहरीलाई इन्द्रजितले भने : पहिल्यै टाइम नलिई किन आयौ?
- नक्कली शरणार्थी प्रकरण : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
- एमाले सचिव टोपबहादुर रायमाझी र छोराविरुद्ध पक्राउ पुर्जी
- बादलका छोरा प्रतीक र इन्द्रजितका छोरा निरज पनि तानिए
- टोपबहादुरले संलग्नता अस्वीकार गर्दै भने : म पनि छक्क परेँ, कानुनलाई सहयोग गर्छु
- पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
- दरबारमार्ग जान मानेनन् बालकृष्ण खाँण, परिसरमै बेडसहितको ‘सिंगल रुम’मा राखियो
- कार्यदल संयोजक पन्थी र सदस्य केसीको बयान : यो प्रतिवेदन हाम्रो होइन, बिचौलियाले लेखेको हो
- टोपबहादुर पक्रन गएका प्रहरीलाई आईजीपीले नै फिर्ता बोलाएका थिए
- यी तीन जना फरार हुँदा प्रहरीले जुटाउन सकेन बादल र प्रेम राईविरुद्ध प्रमाण
- इन्द्रजितको इन्कार, अरुले बादल–पत्नी र अख्तियार प्रमुखको पनि नाम पोले
Shares
प्रतिक्रिया