ad ad

समाज


बन्द भयो हिमाल खबरपत्रिका

बन्द भयो हिमाल खबरपत्रिका

नेपालखबर
जेठ १, २०८० सोमबार १३:१७, काठमाडौँ

२५ वर्षदेखि प्रकाशन हुँदै आएको म्यागेजिन हिमाल खबरपत्रिका बन्द भएको छ।

जेठ अंकको ‘कोही किन धनी-गरिब?’ शीर्षकको आवरण अंकसँगै खबरपत्रिका हुने हिमालमिडिया प्रालिले जनाएको छ।

हिमालका प्रकाशक कनकमणि दीक्षितले प्रकाशकीय नोटमा हिमाल खबरपत्रिकाले विश्राम लिएको बताएका छन्।

'पाठकलाई दुःखद सूचना दिनुपर्ने भएको छ, यसै २०८० जेठ अङ्कबाट हिमाल खबरपत्रिकाले विश्राम लिनेछ,' दीक्षिततले प्रकाशकीय नोटमा भनेका छन्, 'मासिक हिमालको नेतृत्व गरेका रविन गिरीसहित खबरपत्रिका टीम तथा हाम्रो पानालाई आफ्नो ठानिदिनुभएका सबै लेखक, विचार निर्माणकर्तालाई मनैदेखि धन्यवाद!'

तर हिमाल खबरको अनलाइन संस्करणलाई भने निरन्तरता दिइने उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .