ad ad

समाज


सगरमाथा चुमेर फर्किएका सिंगापुरका आरोही बेपत्ता, तिब्बततिर खसेको आशंका

सगरमाथा चुमेर फर्किएका सिंगापुरका आरोही बेपत्ता, तिब्बततिर खसेको आशंका

नेपालखबर
जेठ ७, २०८० आइतबार १७:१७, काठमाडौँ

सर्वोच्च शिखर सगरमाथाको शिखर चुमेर फर्किने क्रममा एकजना भारतीय मूलका एक सिंगपुरका पर्वतारोही बेपत्ता भएका छन्। बेपत्ता भएका ती आरोहीको खोजीका लागि सहयोग गरिदिन परिवारजनले अपिल गरेका छन्। 

समाचार अनुसार सिंगापुरमा बस्दै आएका भारतीय मूलका श्रीनिवास सैनी दत्तात्रेय सगरमाथा चढ्न गत महिना नेपाल आएका थिए। 

उनका भाइ भरतले दिएको जानकारीअनुसार श्रीनिवासका हातखुट्टा चिसोले सुन्निएका थिए भने उचाइमा लेक लागेर पनि बिरामी भएका थिए।

त्यहीकारण उनी आफ्नो समूहसँग छुटेका थिए। उनी ८ हजार मिटरको उचाइबाट तिब्बती क्षेत्रमा खसेका थिए। 

सिंगापुरको एक टिभी च्यानलका अनुसार शेर्पाहरुको एक टोली शनिवार श्रीनिवासको खोजीका लागि निस्किएको छ।

अहिले उनको परिवारले नेपाल सरकारका अधिकारीहरुसँग सम्पर्क गरिरहेका छन्। 

यो समाचारपछि श्रीनिवासको परिवार हतास बनेको छ तर अझै पनि उनी फर्किने आशमा बसेको छ।

३९ वर्षीय श्रीनिवास रियल स्टेट कम्पनी ‘जोन्स ल्याङ्ग लासेल’ मा कार्यकारी निर्देशक थिए। 

१ अप्रिलमा उनी सगरमाथा चढ्न सिंगापुरबाट नेपाल हिँडेका थिए। उनी सगरमाथा चढेर ४ जुनमा सिंगापुर फर्किने तालिका थियो। समाचार अनुसार श्रीनिवासले अन्तिम पटक शुक्रबार श्रीमतीलाई म्यासेज पठाएका थिए। 

उनले त्यसबेला आफ्नी पत्नीलाई सगरमाथा शिखर चुमेको खबर पठाएका थिए।

श्रीनिवासको पूरा परिवार नयाँ दिल्लीमा सिंगापुर उच्चायोग, नेपालस्थित स्थानीय अधिकारी र आपातकालीन चिकित्सकीय सेवासँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ।

यस घटनामा सिंगापुरको विदेश मन्त्रालयले नेपालमा सम्पर्क भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .