ad ad

समाज


एमआरआई आविष्कारकको संक्षिप्त बालजीवनी ‘जादुको झ्याल’ प्रकाशित

एमआरआई आविष्कारकको संक्षिप्त बालजीवनी ‘जादुको झ्याल’ प्रकाशित

नेपालखबर
जेठ ८, २०८० सोमबार १३:१५, काठमाडौँ

एमआरआई मेसिनको आविष्कारक रेमोन्ड वाहन डामाडियानको संक्षिप्त बालजीवनी ‘जादुको झ्याल’ कथालयले प्रकाशनमा ल्याएको छ। विमलकुमार सुवेदीद्वारा अनूदित पुस्तकको सम्पादन भिक्टर प्रधानले गरेका हुन्। यसमा थोमस शाहिन्यानका चित्र छन्।

अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गरेको हो। जसको अंग्रेजी शीर्षक ‘द म्याजिक विन्डो’ छ। यसका मूल लेखक न्यून टोरोस्यान हुन्।

कुशाग्र बुद्धिका रेमोन्ड न्युयोर्कमा जन्मिएका हुन्। गणितप्रति उनको रुचि कसरी बढ्यो? कसरी भायोलिन बजाउन सिके? अर्मेनियाली परिवारमा जन्मिएका उनी कसरी जातिहिंसाबाट बचेका थिए? र, किन वायुसेवामा समेत सामेल भए? यस्ता जिज्ञासाको जवाफ यो संक्षिप्त बालजीवनीमा पाइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .