ad ad

समाज


निजामती कर्मचारी संगठनले ‘नमस्कार अभियान’ सञ्चालन गर्ने

निजामती कर्मचारी संगठनले ‘नमस्कार अभियान’ सञ्चालन गर्ने

नेपालखबर
जेठ २८, २०८० आइतबार २१:४१, काठमाडौँ

नेपाल निजामती कर्मचारी सङ्गठनले क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गराउँदै सेवाग्राहीसँग ‘नमस्कार अभियान’ सञ्चालन गर्ने भएको छ।

सो सङ्गठनले हरेक सरकारी कार्यालयमा सेवाग्राहीलाई शिष्टाचारका रुपमा ‘नमस्कार अभियान’ र जनताको तीव्र विकासको चाहनाअनुरुप ‘शीघ्र सेवा–तीव्र विकास’ को  नीतिलाई आफूहरु कार्यरत कार्यालयमा कार्यान्वयन गराउने भएको हो।

यही जेठ २७ र २८ गते काठमाडौँमा आयोजित सङ्गठनको दोस्रो राष्ट्रिय महिला भेलाले सो नीतिको कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

भेलाका निष्कर्षहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लेखनाथ कोइरालाले सरकारले नै क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितताका लागि नीति ल्याउनुपर्ने धारणा राख्दै कुनै कर्मचारीका कारण कुनै सेवाग्राहीलाई क्षति हुन गएमा सम्बन्धित कार्यालय वा कर्मचारीबाट क्षतिपूर्ति भराउने व्यवस्था गर्न माग गरे।

‘समता र सशक्तिकरण ः सेवामा सबलीकरण’ भन्ने मूल नाराका साथ गरिएको सो भेलाले नेपालको संविधान र कानुनले व्यवस्था गरेका महिला अधिकारको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ।

देशभरका करिब सात सय महिला प्रतिनिधि सहभागी भेलाले लिङ्गका आधारमा कसैलाई पनि विभेद नगर्न, अध्ययन, भ्रमण र तालिममा महिला कर्मचारीलाई प्राथमिकता दिन र महिला कर्मचारीलाई सम्भव भएसम्म पायक पर्ने स्थानमा सेवा गर्ने अवसर दिन माग गरेको छ।

यस्तै, कार्यास्थलमा हुने लैङ्गिक विभेदलगायत महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य, सबै सरकारी कार्यालयमा स्तनपान कक्षको व्यवस्था र मासिक स्राव हुँदाका समयमा न्यूनतम तीन दिनको व्यवस्था गर्न पनि माग गरिएको छ।

हाल मुलुकभर एक लाख २५ हजार निजामती कर्मचारी रहेकामा सो सङ्गठनमा ४० हजार सदस्य रहेकामा १५ हजार महिला सदस्य रहका छन्। भेलाबाट महिलाको पेसागत व्यावसायिकता विकास गर्न सेवामा रहेका महिला कर्मचारीसँग नवप्रवेशी महिला कर्मचारीलाई आबद्ध गराई महिला कर्मचारीको उत्थानका लागि लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

भेलामा सङ्गठनको केन्द्रीय महिला विभागका तर्फबाट उपमहासचिव एवम् महिला विभाग प्रमुख विजयालक्ष्मी सुवेदीले प्रस्तुत गरेको प्रतिवेदमाथि समूहगत छलफल गराइएको थियो।

सो भेलाको उद्घाटन शनिबार नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .