काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ।
बिरामीका आफन्तले तोडफोड गरेपछि अस्पताल प्रशासनले प्रदर्शनकारीलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्यानुभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको विज्ञप्तिमार्फत् जनाएको छ।
गत जेठ २८ गते अस्पतालमा भर्ना भई उपचाररत मकलबारीका ७१ वर्षीय सुवर्ण कुमार धितालका विषयमा विवाद हुँदा असन्तुष्ट आफन्तले अस्पतालमा नाराजुलुस र तोडफोड गरेका थिए। चिकित्सक र कर्मचारीलाई कुटपिट समेत गरिएको बताउँदै अस्पतालले सुरक्षाको प्रत्यानुभूति नभएसम्मका लागि इमर्जेन्सीबाहेक सबै ओपीडी सेवा बन्द गरिएको जनाएको छ।
81
Shares
प्रतिक्रिया