नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले कारागार चलान हुनुअघि आफू नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नभएको बताएका छन्।
केन्द्रीय कारागार सुन्धारा लानुअघि उनले काठमाडौं जिल्ला अदालत परिसरमा यो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका हुन्।
‘म यसमा संलग्न छैन तर अदालतको आदेश मान्नु पर्छ। अब न्याय होला’, प्रहरीले सुन्धारा लैजानुअघि उच्च अदालतबाट न्याय पाउने आश गर्दै उनले भने।
अदालतको आदेशपछि तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र हज कमिटीका अध्यक्ष शमशेर मियाँ भावुक अवस्थामा देखिए।
120
Shares
प्रतिक्रिया