त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले घामजस्तै छर्लङ्ग घटनामा न्यायको भिख माग्नु दुःखको कुरा भएको बताएका छन्।
उनले आफू पीडित हो की होइन भन्नेकुरा अदालतले भन्नुपर्ने बताए। उनले अदालतले दिनलाई रात र रातलाई दिन बनाउन नहुने बताए।
जिल्ला अदालत, काठमाडौं धर्ना बस्न वैशाखी टेकेर पगेका उपप्रध्यापक चलाउनेले अपराधीले सञ्चारमाध्यममा गएर अभिव्यक्ति दिनुले नेपालमा न्याय मरेको अनुभुति भएको बताए।
मुद्दा फिर्ता लिने कुरा आफूलाई नसोधीकन लिइएको उनको भनाई थियो।
उनले सरकार अपराधीको पक्षपोषणमा लागेको र अपराधीहरुले राजनीतिकरण गरेको गुनासो पनि गरे। उनले प्राध्यापकमाथि दिन दहाडै आक्रमण हुँदा न्यायको मजाक उडाइएको बताए।
उपप्रध्यापक चलाउनेले अपराधीले सञ्चारमाध्यममा गएर अभिव्यक्ति दिनुले नेपालमा न्याय मरेको अनुभुति भएको बताए।
चलाउनेको धर्नालाई ऐक्यवद्धता जनाउन जिल्ला अदालत पुगेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलवार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यवद्धता जनाउन जिल्ला अदालत काठमाडौं पुगेका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयबिरुद्ध चलाउने सोमवार साँझदेखि धर्नामा बसेका हुन्।
Shares
प्रतिक्रिया