गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।
गोरखा जिल्ला प्रहरी कार्यालयले नेपालखबरलाई दिएको जानकारीअनुसार जिल्लाकै सहिद लखन गाउँपालिका–३ सिलिङमा आइतबार बिहान २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट खसेको हो। सोही गाउँपालिकाको वडा नम्बर ५ बाट बेहुली लिएर फर्किंदै गर्दा जन्ती सवार जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा मृत्यु भएका ५ जनाको यो खबर लेख्दासम्म पहिचान भएको छैन। दुर्घटनामा घाइते १२ जनालाई उद्धार गरी उपचारमा लाने क्रम चलिरहेको प्रहरीले जानकारी दियो।
बेहुला-बेहुली भने अर्कै गाडीमा भएकाले दुर्घटनामा नपरेको पनि प्रहरीले जानकारी दियो।
45
Shares
प्रतिक्रिया