ad ad

समाज


मीनबहादुरसहित ६ जनाविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलाइँदै

मीनबहादुरसहित ६ जनाविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलाइँदै

फाइल तस्बिर


नेपालखबर
असार १२, २०८० मंगलबार १३:४१, काठमाडौँ

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ६ जनाविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलाउने तयारी गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुरुङसहित अन्य चार तत्कालीन कर्मचारीविरुद्ध सरकारी कागजात किर्तेमा म्याद थप गरेर मुद्दा अघि बढाउन लागेको हो।

यो प्रकरणमा पछिल्लो पटक डिल्लीबजार मालपोतका तत्कालीन कर्मचारी गोपाल कार्की पनि तानिएपपछि एकै दिन पक्राउ पर्नेको संख्या ६ पुगेको छ। 

यो प्रकरणमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा चलाइसकेको छ। 

गुरुङलाई मंगलबार सीआईबीको टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको थियो। 

मंगलबार नै सीआईबीको टोलीले काठमाडौंका फरक फरक स्थानबाट तत्कालीन सचहसचिवसहित तीन पाँचजनालाई पनि पक्राउ गरिसकेको छ। 

सीआईबीका एक अधिकारीका अनुसार मीनबहादुरपछि पक्राउ पर्नेहरुमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी छन्। पछिल्लो पटक अर्का कर्मचारी गोपाल कार्की पनि समातिएका छन्। 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा उनीहरु सबै नाम मुछिएको थियो।

गुरुङले उक्त जग्गामा लगानी गरेका थिए। त्यो जग्गा अहिले पनि उनले स्टोरका रूपमा प्रयोग गर्दै आएका छन्। त्यस्तै पक्राउ परेका अन्य २०४९ सालदेखि २०६६ सालमा झन्डै १७ वर्ष सरकारी सेवामा रहँदा ले भूमिसुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय कार्यरत थिए। 

ललिता निवासको सरकारी जग्गा ती कर्मचारीहरुसँगको मिलेमतोमा राजनीतिक नेतृत्वदेखि अन्य पहुँचवालाले हडपेका थिए। 

मालपोत कार्यालयका कागजपत्र किर्ते गरेर सरकारी जग्गा हडपिएको यो प्रकरण लामो समय सेलाएपछि सरकारले फेरि ब्यूँत्याएर अनुसन्धान अघि बढाएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा भाटभटेनीका सञ्चालक गुरुङमाथि अख्तियारले ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .