ad ad

समाज


ललिता निवासका अनधिकृत संरचना हटाउन महानगरले दियो दुई दिनको समय

सूचना टाँस गर्दै भन्यो- ललिता निवासको जग्गालाई तारबार गर्छौं
ललिता निवासका अनधिकृत संरचना हटाउन महानगरले दियो दुई दिनको समय

नेपालखबर
असार १७, २०८० आइतबार १८:३९, काठमाडौँ

काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गालाई तारबार गर्ने भएको छ।

आइतबार ललितानिवासमा पुगेको महानगर प्रहरीको टोलीले ललिता निवासमा बनेका अस्थायी वा अनधिकृत संरचना हटाउन र उक्त क्षेत्रलाई तारबारले घेर्ने बताएको हो।

साथै, दुई दिनभित्रमा अस्थायी र अनाधिकृत संरचना नहटाए महानगरपालिकाले भत्काउने चेतावनीसमेत दिएको छ।

महानगरको टोलीले ललिता निवास परिसरमा पुगेर ललिता निवासमा संरचना हटाउन सूचना टाँस्दै त्यस क्षेत्रलाई तारबारले घेर्ने बताएको हो।

काठमाडौं महानगरपाकिलाको स्वीकृतिविना निर्माण भएका वा निर्माणाधीन संरचना हटाउन महानगरपपालिकाले आग्रह समेत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .