संयुक्त अरब इमिरेट्सको आबुधाबीमा नेपाली कामदार सवार मिनीबस दुर्घटना हुँदा १६ नेपाली घाइते भएका छन्।
२४ जना सवार सो मिनीबसमा १८ जना नेपाली थिए। दुर्घटनामा पाँच जनाको मृत्यु भएपनि त्यसमध्ये नेपाली परेका छन् कि छैनन् भन्ने स्पष्ट छैन।
‘मलाई प्राप्त जानकारीअनुसार दुर्घटनामा १६ नेपाली घाइते छन्। जसमध्ये केही डिस्चार्ज भइसकेका छन्,’ यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले नेपालखबरसँग भने।
स्थानीय समयअनुसार बिहीबार बिहान साढे ५ बजे अल राहा सडकमा सो दुर्घटना भएको थियो। घाइतेहरुको माफराक अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया