नेपाली सेनाले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारस्थित ईन्द्रावती खोलामा बेलिबृज निर्माण गरेको छ।
नवनिर्मित बेलीवृजको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत तथा प्रधान सेनापति प्रभुराम शर्माले शुक्रबार उद्घाटन गरेका छन्।
२०७८ साउनमा परेको भारी वर्षाका कारण ईन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारदेखि ईन्द्रावती नगरपालिका, पाँचपोखरी गाउँपालिका र जिल्ला सदरमुकाम जोड्ने १०४ मिटर लामो कम्पोजिट बृज बगाएपछि सो क्षेत्रमा बसोवास गर्ने स्थानीयवासीलाई आवतजावतमा कठिनाई भएको थियो।
यही जेठ २१ गते नेपाली सेनालाई जिम्मेवारी प्राप्त भए अनुरुप सो स्थानमा सेनाले बेलीवृज निर्माण गरेको हो। नवनिर्मित बेलीवृजको लम्बाई ६७.७० मिटर, चौडाई ४.२ मिटर तथा अधिकतम भारवहन क्षमता १८ टन रहेको सेनाले जनाएको छ।
51
Shares
प्रतिक्रिया