नवलपरासी रामग्राम १० मंझरियाकी २५ वर्षीया मीरा चौधरीको हत्या अभियोगमा उनका देवर पक्राउ परेका छन्।
प्रहरीले आइतबार राति २७ वर्षीय चन्दन चौधरीलाई पक्राउ गरेको हो। जग्गाको विषयमा वादविवाद र झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गरेका थिए।
गम्भीर घाइते भएकी मीराको जिल्ला अस्पताल परासी पुर्याइएको थियो। थप उपचारका लागि मेडिकल कलेज भैरहवा रूपन्देहीमा लगिएकोमा उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले बताएको छ।
घटनापछि नवलपरासी (पश्चिम)बाट खटिएको प्रहरीले चन्दनलाई पक्राउ गरेको हो।
21
Shares
प्रतिक्रिया