ad ad

समाज


स्थानीयले दिए लामाजुरामा हेलिकप्टर दुर्घटनाको सूचना, प्रहरी टोली जाँदै

स्थानीयले दिए लामाजुरामा हेलिकप्टर दुर्घटनाको सूचना, प्रहरी टोली जाँदै

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८० मंगलबार ११:४१, काठमाडौँ

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ लामाजुरा पासमा दुर्घटना भएको खबर प्रहरीलाई दिएका छन्। 

लुक्लाबाट काठमाडौंका लागि उडेको यो हेलिकप्टर दूधकुण्ड नगरपालिका-२ लामाजुरा पासमा दुर्घटना भएको खबर आएपछि अहिले प्रहरीको टोली त्यसतर्फ लागेको छ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट असईको नेतृत्वमा टोली त्यसतर्फ गइसकेको छ।

थप समाचार

नागरिक उड्ययन प्राधिकरण लुक्ला टावरले पनि हेलिकप्टर लामाजुरा आसपासबाटै सम्पर्कविहीन भएको पुष्टि गरेपछि प्रहरी त्यसतर्फ हिँडिसकेको हो।

त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट पनि थप प्रहरी टोली हिँडिसकेको बाँस्तोलाले नेपालखबरलाई दिए। 

दुर्घटनास्थल भनिएको लामाजुरा पुग्न बेनीबाट अढाई घण्टा र सदरमुकाम सल्लेरीबाट ४ घण्टा लाग्छ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईका अनुसार यो हेलिकप्टर दूधकुण्ड नगरपालिका-२ लामाजुरासम्म नागरिक उड्ययन प्राधिकरणको लुक्ला कार्यालयसँग सम्पर्कमा थियो।

लामाजुराबाट यता काठमाडौं टावरलाई हस्तान्तरण गरिसकेपछि हेलिकप्टर बेपत्ता भएको हो। लामाजुरासम्म लुक्ला टावरले हेर्ने गर्छ।

त्यसयता हेलिकप्टर काठमाडौं टावरसँगको सम्पर्कमा आउनुपर्ने थियो। उक्त हेलिकप्टर सम्पर्कविहीन भएको पुष्टि त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले  पनि गरेका छन्।

हेलिकप्टरमा ५ जना विदेशी यात्रुसहित एकजना नेपाली पाइलट सवार थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .