ad ad

समाज


स्थानीय भन्छन्- हेलिकप्टर पहाडमा ठोक्किएको आवाज सुन्यौँ

स्थानीय भन्छन्- हेलिकप्टर पहाडमा ठोक्किएको आवाज सुन्यौँ

नेपालखबर
असार २६, २०८० मंगलबार १२:१२, काठमाडौँ

सोलुखुम्बुको लामाजुराबाट हराएको ९ एन एमभी कलसाइन मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको खबर स्थानीयले दिएका छन्। सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको जहाज १० मिनेटपछि सम्पर्कविहीन भएको थियो।

 स्थानीयले हेलिकप्टर दुर्घटना भएको सूचना दिएपछि उक्त स्थानतर्फ प्रहरी परिचालन गरिएको छ।

बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर लामाजुरास्थित पहाडमा ठक्कर खाएको आवाज सुनेको स्थानीय गान्धीमाया तामाङले बताइन्।

 हेलिकप्टर १० बजेर ३० मिनेटमा लामाजुराको पहाडमा ठोक्किएको आवाज आएको जानकारी स्थानीयले दिएको उनको भनाइ छ।

‘मैले हेली हराएको खबर पाएपछि त्यहाँका स्थानीयसँग सम्पर्क गरेको थिएँ,’ तामाङले नेपालखबरसँग भनिन्, ‘१०:३० बजे ठूलो आवाज आएको सुनेको बताउनुभयो।’

उनका अनुसार वडाध्यक्षले पनि दुर्घटना नै भएको बताएका छन्।  ठूलो आवाज आएको सुनेपछि स्थानीयहरू उक्त एरियातिर गएका थिए। 

अग्लो पहाड र जंगल भएको सो क्षेत्रमा विहानैदेखि मौसम खराब थियो।

‘विहानैदेखि मौसम खुल्दै फेरि बिग्रिएको थियो, अहिले पनि मौसम खुलेको छैन, पानी पर्न लागेको जस्तो छ,’ उनले भनिन्।

हेलिकप्टरमा पाँच मेक्सिकन र चालक दलका एक नेपाली सवार छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .