ad ad

समाज


रुखमा ठोकिएर दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङको हेलिकप्टर, पाँचवटा शव भेटिए

रुखमा ठोकिएर दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङको हेलिकप्टर, पाँचवटा शव भेटिए

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८० मंगलबार १२:५६, काठमाडौँ

मनाङ एयरको हेलिकप्टर रुखमा ठोकिएर दुर्घटना भएको अवस्थामा भेटिएको छ। 

सोलुखुम्बुको लिखु पिके गाउँपालिका ५ र दूधकुन्ड नगरपालिका २ को सिमाना लामाजुरा डाँडास्थित एउटा रुखमा ठोकिएर उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भेटिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले बताए। 

बाँस्तोलाका अनुसार अहिले घटनास्थलमा बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको कमान्डमा उद्धार टोली  खटिएको छ।

असई बस्नेतले हेलिकप्टर रुखमा ठोकिएर लिखु पिके गाउँपालिका-५ तर्फ झरेको बताइएको छ।

अहिले बस्नेत नेतृत्वको टोलीले घटनास्थललबाट पाँचवटा शव निकालेको छ। तर ती कसैको पनि शवको पहिचान हुन सकेको छैन। एकजनाको शव अझै भेटिएको छैन।

उक्त हेलिकप्टर सोलुखुम्बुको सुर्केबाट बिहान १० बजेर ५ मिनेटमा काठमाडौंको लागि उडेको थियो। त्यसपछि यो हेलिकप्टर उडेको ८ मिनेटमै बेपत्ता भएको हो।

तर लिखुपिके र दूधकुण्डको सिमाना लामाजुरामा पुगेपछि सम्पर्कविहीन भएको थियो।

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .