विराटनगरमा साइकल चालकमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत असार २० गते राति ८:३० बजे विपरीत दिशाबाट आइरहेको साइकल चालकमाथि कार चालकले कुटपिट गरेका थिए। विराटनगर महानगरपालिका ४ दूधफारमस्थित कोशी राजमार्गमा साइकल चालक २७ वर्षीय पवन साहलाई विपरीत दिशाबाट जाँदै गरेको बा १५ च ३४४५ नम्बरको कारमा सवार वर्ष १९ को आयुष भेटुवालले कुटपिट गरेका थिए।
साइकलमा आइरहेका उनलाई एक्कासी भेटुवालले मुक्का हिर्काएका थिए। भेटुवाललाई उनका साथीहरू १८ वर्षीय कुशल भेटवाल र ३० वर्षीय रोशन कार्कीले सहयोग गर्का थिए। उनीहरूले घिसारेर सडकपेटीमा फालेका थिए।
उक्त घटनाको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
कुटपिट गर्ने भेटुवाललाई पक्राउ गरिएको र बाँकी दुई जनाको खोजी कार्य भइरहेको प्रहरीले विज्ञप्तिमार्फत् जनाएको छ।
उनीविरुद्ध ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारवाही अघि बढाइएको जानकारी प्रहरीले दिएको छ।
बाँकी २ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ।
Shares
प्रतिक्रिया