ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १४ जना थप पाँच दिन हिरासतमै रहने भएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित १४ जनालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको हो।
यही आइतबार प्रहरीले पूर्व नापी अधिकृत ध्रुब अर्याल र समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको थियो।
आइतबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट सरकारका उच्च पदस्थ व्यक्तिसमेत रहेका राउत पक्राउ परेका थिए।
त्यसपछि मंगलबार यो प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले मंगलबार मालपोत कार्यालयका तत्कालीन नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो।
यसअघि गत असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए।
गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो।
सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो। उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो।
त्यस्तै, प्रकरणमा जोडिएका काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो।
त्यसपछि समरजङ कम्पनीका तत्कालीन प्रमुख रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले पक्राउ गरेको थियो।
सम्बन्धित समाचार
- ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी
- बालुवाटार जग्गा प्रकरण : थप २ जना पक्राउ
- ललिता निवास जग्गा प्रकरण : मीनबहादुर गुरुङसहित नौ जना थप सात दिन हिरासतमै रहने
- सर्वोच्चलाई सीआईबीको जवाफ : मीनबहादुरलाई छाड्दा अनुसन्धान पूरै प्रभावित हुन्छ
- ललिता निवास प्रकरण : सर्वोच्चले आदेश दिएको एक वर्षपछि प्रहरीको भ्याकेट निवेदन
- ईश्वर खतिवडाको यो आदेशले ललिता निवास प्रकरणका १७ जना हिरासत पुग्नबाट जोगिए
- हातमा स्लाइनको क्यानोलासहित देखिए ललिता निवासका अभियुक्त (तस्बिरहरू)
- ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राख्न अनुमति
- मीनबहादरमाथि अभियोग : ललिता निवासको २९ रोपनी जग्गा भाटभटेनीको नाममा हडपियो
- पक्राउ पर्न थाले ललिता निवास प्रकरणका आरोपित, यी हुन् मुद्दा लागेका १७५ जना
- भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
- ललिता निवास प्रकरण : डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखसहित थप चारजना पक्राउ
- मीनबहादुरसहित ६ जनाविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलाइँदै
- ललिता निवास प्रकरण : मीनबहादुरसहित पक्राउ पर्नेको संख्या ६ पुग्यो
- हातमा स्लाइनको क्यानोलासहित देखिए ललिता निवासका अभियुक्त (तस्बिरहरू)
Shares
प्रतिक्रिया