सुनसरीको इटहरि र मोरङका लेटाङ र हरैँचा आसपासका बासिन्दालाई बाढी र डुबानबाट सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
विभागले आज (शुक्रबार) बिहानै सूचना जारी गरी उल्लिखित स्थानमा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम बढेको जानकारी दिएको हो।
आज बिहान ६ बजे जारी गरिएको सूचनामा भनिएको छ, ‘पछिल्लो ३ घण्टा, सुनसरीको इटहरी, मोरङका लेटाङ र हरैँचा आसपास अतिभारी वर्षा भएको र थप हुने, बूढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम, बिहान ११ बजेसम्म अतिउच्च सतर्कता अपनाऔँ।’
हेर्नुहोस् सूचना–
पछिल्लो ३घण्टा सुनसरीको ईटहरी,मोरङको लेटाङ,हरैचा आसपास #अतिभारी बर्षा भएको र थप हुने,#बुढीखोला, #खेसलिया, #सुनसरी खोला,#लोहन्द्रा लगायत #सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुवानको उच्च जोखिम, बिहान ११ बजे सम्म #अतिउच्च सतर्कता अपनाऔ pic.twitter.com/AdR4Am8Fc5— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 14, 2023असार २९ बिहान ६बजे
132
Shares
प्रतिक्रिया