ad ad

समाज


भारतमा टमाटरको मूल्य किलोमा २ सय नाघेपछि नेपालबाट तस्करी

भारतमा टमाटरको मूल्य किलोमा २ सय नाघेपछि नेपालबाट तस्करी

नेपालखबर
साउन १, २०८० सोमबार ७:३४, काठमाडौँ

भारतमा टमाटरको मूल्य आकासिएपछि नेपालबाट अवैध बाटो टमाटर तस्करी हुने गरेको रिपोर्ट सार्वजनिक भएको छ। भारतको उत्तर प्रदेशसँग जोडिएको सीमा नाकाबाट टमाटर तस्करी भइरहेको बीबीसी हिन्दीले जनाएको छ।

भारतमा टमाटरको मूल्य रु २ सय नाघेको छ। सर्वसाधारणको भान्सामा लगान बढे पनि तस्करलाई कमाउने मौका मिल्यो। भारतको भन्सार विभागले हालै ३ हजार ६० किलो टमाटरसहित दुईवटा पिकअप नियन्त्रणमा लिएको छ। नेपालबाट ठूलो मात्रामा टमाटर तस्करले भारत पुर्‍याइरहेको दावी बीबीसीले गरेको छ।

नेपालगन्जमा टमाटरको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। सल्यानको कपुरकोटबाट ट्रकमा बोकेर आउने टमाटरमध्ये ६० प्रतिशत नेपालगन्जमा खपत हुने र ४० प्रतिशत भारतमा निकासी हुने गरेको व्यापारी मोहम्मद सलिम राईले बताए। करिब एक महिनादेखि नेपालबाट टमाटर भारत पठाइँदै आएको जानकारी उनले दिएका छन्।

नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष मोतिसारा थापाले नेपालगन्जबाट दैनिक १५ देखि २० टन टमाटर भारत पठाइने भए पनि अहिले नेपालगन्ज भन्सार कार्यालयले पठाउन गाह्रो भएको बताए।

उत्तर प्रदेश महाराजगञ्जका स्थानीय पत्रकार आशिष सोनीका अनुसार नेपाल–भारत सीमामा असारदेखि टमाटरको तस्करी भइरहेको छ।

सीमामा टमाटर तस्करी गर्ने एक युवाले भने, 'नेपालमा टमाटरको मूल्य भारतीय मुद्रामा प्रतिकिलो ४० देखि ६० नेपाली रुपैयाँ रहेकोमा २४ देखि ३८ भारतीय रुपैयाँ पर्छ, नेपालको लुम्बिनी जिल्लाको रुपन्देही, कपुरकोट र अर्घाखाँचीका मण्डीबाट यी टमाटर किनेर भारत पठाइन्छ।'

भारतमा महाराजगञ्ज र गोरखपुरको मण्डीमा टमाटर १३० रुपैयाँ प्रतिकिलो बिक्री हुने गरेको छ।

टमाटर बुटवलको सुनौल नाकाबाट पनि बाहिरिरहेको बताइएको छ।

नेपालमा टमाटरको खेती ठूलो मात्रामा हुने भए पनि बजार पाउने गरेको छ। भारतीय बजारमा टमाटरको मूल्य बढेसँगै दुई देशबीच टमाटर तस्करी हुने गरेको बीबीसीले जनाएको छ।

अहिले टमाटर मात्र नभई बन्दागोभी र काँक्रो पनि तस्करी भइरहेको रिपोर्टमा उल्लेख छ।

उत्तर प्रदेशको महाराजगञ्ज जिल्ला नेपाल–भारत सीमासँग जोडिएको छ। यहाँ नेपाल–भारत सीमा करिब ८४ किलोमिटर खुला छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .