बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको ठूलो परिणामको सुन केही सयमका लागि टक्सार महाशाखामै राखिने भएको छ।
बबरमहलस्थित राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखामै केही समय सुन राखिने महाशाखा प्रमुख थानेश्वर आचार्यले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार सुनको थप परीक्षण गर्ने विषय अहिले अघि बढेको छैन। ‘त्यसको लागि राजश्व अनुसन्धान विभागको पत्र चाहिन्छ’, उनले भने।
पत्र आएपछि सुनको गुणस्तर र यकिन परिमाण थाहा हुने उनले जानकारी गराए।
बिहीबार दिउँसो उक्त सुन जोख्दा बट्टा (ब्रेक शु)सहित १५५ केजी सुन भएको राजश्व अनुसन्धान विभागका एक अधिकारीले नेपालखबरलाई जानकारी दिएका छन्।
बरामद भएको सुन नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो।
बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरिसकेपछि राजश्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट पठाएको थियो।
यो पनि पढ्नुहोस्:
- त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद
- पछिल्लो समय विमानस्थलबाट भित्रिने गरेको थियो दैनिक क्विन्टल अवैध सुन
- सय किलो सुन बरामद प्रकरण : एजेन्टसहित समातिए ६ जना
- बरामद सुन डेढ सय किलोभन्दा बढी, एकै जनाको भएको अनुमान
- यी हुन् सय किलो सुन बरामद प्रकरणमा पक्राउ परेका ४ जना
- सुन तस्करीमा सरकार आवद्ध दलकै नेता मुछिनु गम्भीर विषय : पोखरेल
- सय किलो सुन बरामद प्रकरण : भन्सार अधिकृत चन्द निलम्बन
- एक महिनायता विमानस्थलबाट भित्रिरहेको थियो दैनिक १ क्विन्टल अवैध सुन
- प्रहरी र भन्सार अधिकृतको मिलेमतोमा यसरी छुट्यो विमानस्थलबाट १०० किलो सुन
- सय किलो सुन बरामद प्रकरण : गृहमन्त्रीले बोलाए भन्सारका महानिर्देशकलाई
- सय किलो सुन प्रकरण छानबिनका लागि समिति गठन
- विमानस्थलमा बरामद सुनमा मेरो हात छैन, तस्करसँग चिनजान पनि छैन : दीपक मल्होत्रा
- ‘सुन तस्करीमा संलग्न भए भागिसक्थेँ, पुष्टि भएमा सजाय भोग्न तयार छु’
- बरामद सय केजी सुन राष्ट्र बैंकबाट विमानस्थल भन्सारमै फर्काइयो
- राजस्व चुहावट रोक्नकै लागि प्रचण्डले राजस्व विभागको डीजी बनाएका थिए ढुंगानालाई
- तस्करीको थप सुन रहेको सूचनापछि राजस्वको टोली फेरि पुग्यो एयरपोर्ट भन्सार
- बरामद सुन परीक्षणका लागि टक्सार महाशाखा लगियो (तस्बिरहरू)
- विमानस्थल पुगेको विभागको टोलीले थप सुन भेटाएन
- सय किलो सुन प्रकरण : विमानस्थलबाट भाग्न लागेको अवस्थामा पक्राउ परे चिनियाँ नागरिक
- सय किलो सुन भित्रिँदा बिदामा थिए विमानस्थल भन्सार र प्रहरी प्रमुख
- विमानस्थलबाट बरामद सुन बट्टासहित जोख्दा १५५ केजी पुग्यो
Shares
प्रतिक्रिया