सय केजी सुन तस्करी प्रकरणमा संलग्नहरू पक्राउ पर्न थालेका छन्। राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले यस प्रकरणमा संलग्नहरूलाई बिहीबारबाट पक्राउ गर्न थालेको छ।
विभागबाट खटिएको टोलीले बिहीबार(४ असार) साँझसम्म यस प्रकरणमा संलग्न चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको छ।
काठमाडौंका छुट्टाछुट्टै स्थानबाट बिहीबार अनुसन्धान विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट म्याद थप भइसकेको छ। साँझसम्ममा अन्य ४ जना पक्राउ परिसकेका छन्।
पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ। अहिलेसम्म कसले कसलाई सुन पठाएको भन्ने प्रष्ट भइसकेको छ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ।
यी हुन बिहीबार पक्राउ परेकाहरूः
१) जिक्वाङ लिङ (चिनियाँ नागरिक)
२) थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)
३) रामकुमार भुजेल (दोलखा)
४) दीलिप भुजेल (दोलखा)
५) हर्कराज राई (भोजपुर)
६) अशोक लामा (ट्याक्सी चालक)
७) राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
८) कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
९) पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
१०) राजेन्द्र राई (भन्सार एजेन्ट)
यो पनि पढ्नुहोस्ः
- पक्राउ परेका चिनियाँ एक वर्षदेखि नेपालमै, महाराजगञ्जमा थियो कार्यालय
- त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद
- पछिल्लो समय विमानस्थलबाट भित्रिने गरेको थियो दैनिक क्विन्टल अवैध सुन
- सय किलो सुन बरामद प्रकरण : एजेन्टसहित समातिए ६ जना
- बरामद सुन डेढ सय किलोभन्दा बढी, एकै जनाको भएको अनुमान
- यी हुन् सय किलो सुन बरामद प्रकरणमा पक्राउ परेका ४ जना
- सुन तस्करीमा सरकार आवद्ध दलकै नेता मुछिनु गम्भीर विषय : पोखरेल
- सय किलो सुन बरामद प्रकरण : भन्सार अधिकृत चन्द निलम्बन
- एक महिनायता विमानस्थलबाट भित्रिरहेको थियो दैनिक १ क्विन्टल अवैध सुन
- प्रहरी र भन्सार अधिकृतको मिलेमतोमा यसरी छुट्यो विमानस्थलबाट १०० किलो सुन
- सय किलो सुन बरामद प्रकरण : गृहमन्त्रीले बोलाए भन्सारका महानिर्देशकलाई
- सय किलो सुन प्रकरण छानबिनका लागि समिति गठन
- विमानस्थलमा बरामद सुनमा मेरो हात छैन, तस्करसँग चिनजान पनि छैन : दीपक मल्होत्रा
- ‘सुन तस्करीमा संलग्न भए भागिसक्थेँ, पुष्टि भएमा सजाय भोग्न तयार छु’
- बरामद सय केजी सुन राष्ट्र बैंकबाट विमानस्थल भन्सारमै फर्काइयो
- तस्करीको थप सुन रहेको सूचनापछि राजस्वको टोली फेरि पुग्यो एयरपोर्ट भन्सार
- बरामद सुन परीक्षणका लागि टक्सार महाशाखा लगियो (तस्बिरहरू)
- विमानस्थल पुगेको विभागको टोलीले थप सुन भेटाएन
- सय किलो सुन प्रकरण : विमानस्थलबाट भाग्न लागेको अवस्थामा पक्राउ परे चिनियाँ नागरिक
- टक्सार महाशाखामै राखिन्छ बरामद भएको सुन, थप परीक्षणका लागि पत्र पर्खंदै राष्ट्र बैंक
- सय किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राख्न अनुमति
- सय किलो सुन तस्करी : राजस्वले लियो थप व्यक्तिविरुद्ध जरुरी पक्राउ पुर्जी
- पक्राउ परेका चिनियाँ एक वर्षदेखि नेपालमै, महाराजगञ्जमा थियो कार्यालय
- सय केजी सुन तस्करी : काठमाडौंबाट थप दुईजना पक्राउ
Shares
प्रतिक्रिया